गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

व्यावसायिक तथा सिप विकास तालीम केन्द्र

पोखरा, नेपाल

हाम्रो बारेमा


देशको बेरोजगारी समस्यालाई महसुस गरी सिपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्दै विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिवी न्युनिकरण गर्न ठोस योगदान पुर्याउने उदेश्यले वि सं २०१६ सालमा विराटनगरमा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना भयो। विराटनगरमा स्थापना भएको प्रशिक्षण केन्द्रवाट उत्पादित सिपयुक्त जनशक्तिले केही हदसम्म विदेशी कामदारहरुलाई समेत प्रतिस्थापन गर्न सफल देखियो । त्यसैगरी वि सं २०३३ सालमा मकवानपुर हेटौंडामा अर्को व्यावसायीक प्रशिक्षण केन्द्र स्थापना भयो । त्यस्तै वि सं २०३४ सालमा काठमांडौमा केश कर्तन तालिम संचालनको नाममा स्थापना भयो ।

वि सं २०४२ सालमा पोखरामा तालिम संचालन गर्ने गरी प्रारम्भ भएको यस तालिम केन्द्र हाल आएर मुलुकको सम्पुर्ण भागमा तालिम पुर्याउने उदेश्यले १५ वटा सीप विकास तालिम केन्द्रहरु स्थापना भएका छन् । यो तालिम केन्द्र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विभाग स्तरीय कार्यालय भैसेपाटीको मातहतमा रहेपनि २०७५ देखि प्रदेश सरकारमा हस्तान्तरण भई प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रही संचालन भएको छ र गण्डकी प्रदेश अन्तर्गत कास्कीको पोखरा र पर्वतको कुश्ममा गरी २ वटा कार्यालय रहेका छन् । पोखरामा कार्यालय रहेको यस तालिम केन्द्रले मनाङ, नवलपुर, लम्जुङ, तनहुँ, स्याङ्जा, गोरखा र कास्कीका विभिन्न ठाँउहरुमा रहेका जहसमुदायलाई लक्षित गर्दै स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय श्रम बजारको माज तथा आवश्यकता अनुसार स्वरोजगार मुलक एवं वैदेशिक रोजगार मुलक तालिम दिने कार्यमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र प्रतिबद्द रहेको छ ।